Online Bichar
शुक्रबार, आश्विन ०४, २०८१ | Friday, September 20, 2024

काठमाडौँ, ३० भदौ २०८१ । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा आइतबार ४० रुपैयाँले बढेको छ । शुक्रबार १८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १९०० कायम भएको छ ।

 

 

तपाईको प्रतिक्रिया