Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

जेबि खड्का
गौरादह, २९ भदौ २०८१ । गौरादह नगरपालिका वडा नं.७ मा रहेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। दुर्गा सामुदायिक भवनमा सम्पन्न साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सभामुख अमर बहादुर बिष्टले साधारणसभाको उद्घाटन गरेका थिए।

साधारणसभाको उद्घाटन गर्दै प्रदेश सभामुख बिष्टले सहकारी संस्था सबैको सहयोगमा संचालन भई जनताको हितमा काम गर्ने भएकाले संस्थामा जोडिन आग्रह गरेका छन। सहकारी संस्था स्थापना हुनु अगाडि खच्किएको नागरिकको जीवन स्तरमा सुधार आएको धारणा राखेका थिए। साधारणसभाको सभापति समेत रहेका संस्थाका अध्यक्ष अमरदास सिवाकोटीले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्था स्थापना हुँदा लिइएका साझा उदेश्यहरुलाई निरंतरता दिएको जानकारी गराएका थिए।

साधारणसभामा संस्थाका कोषाध्यक्ष पुर्ण बहादुर डाँगीले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए। प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा १५ करोड ९ लाख १४ हजार १ सय ५५ कुल कारोवार गरेको जानकारी गराएका थिए। कुल शेयर पुँजी १ करोड ९२ लाख ४४ हजार ६ सय रहेको संस्थाले गत आर्थिक बर्षमा १४ लाख ७२ हजार ८ सय ७४ रुपैयाँ खुद नाफा गरेको जानकारी गराएका थिए। कार्यक्रममा लेखा समिति संयोजक राजेन्द्र कुमार सुवेदीले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए। गौरादह नगरपालिका पुर्ब उपमेयर गिता भेटुवाल, समाज सेवी प्रेम दंगाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।संस्थाका उपाध्यक्ष अरुण कुमार शाहले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिब चुडा बहादुर भुजेलले कार्यक्रम संचालन गरेका थिए।

नैनाकला कुस्माखर चुडाल स्मृतिबाट बिद्यार्थी सम्मानित
जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवसका अवसरमा नैनाकला कुस्माखर चुडाल स्मृति अक्षयकोषबाट गत बर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने ४ जना बिद्यार्थी पुरस्कृत भएका छन। अक्षयकोष दाता ठाईन्द्र प्रसाद चुडालका अनुसार बुवा आमाको निधनपछि उहाँहरुको नाममा स्थापना गरिएको अक्षयकोषबाट साबिक जुरोपानी गाबिस भित्र रहेका माध्यमिक बिद्यालयहरुबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने २ छात्र र २ छात्रा लाई नगद सहित पुरस्कृत गरिएको जानकारी गराएका छन।

यस बर्ष सामुदायिक बिद्यालय तर्फ रुबिन शर्मा र महिमा अधिकारी का साथै संस्थागत बिद्यालय तर्फ आयुष पोख्रेल, कोमल प्रसाद राजवंशी र कृतिका खवास पुरस्कृत गरिएको अक्षयकोष दाता ईन्द्र चुडालले जानकारी गराएका छन। उनका अनुसार नगद २ हजार ५ सयका साथै प्रसंसा पत्रद्वारा पुरस्कृत गरिएको बताएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया