Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठमाडौँ, १४ भदौ २०८१ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८० भदौ ६ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो ।

समितिमा टुंगिन बाँकी दफाहरुमाथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ असार १३ गते सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा सदस्यहरु दीपा शर्मा र डिगबहादुर लिम्बु सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन माथि समितिमा छलफल गरी आज पारित गरेको हो । समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको बैठकमा पेस हुनेछ ।

 

तपाईको प्रतिक्रिया