Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

काठमाडौं, १८ साउन २०८१ । कक्षा १२ को परीक्षामा ९ हजार ५९१ जनाले ‘ए प्लस’ ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी ६ हजार ७५२ जनाले ४ जीपीए ल्याएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा २४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।

यसैगरी लुम्बिनी प्रदेशमा १ हजार ४४ जनाले ४ जीपीए ल्याएका छन्। कोशी प्रदेशमा ८५६ जना, गण्डकीमा ५४४ जना, मधेशमा २५० सुदूरपश्चिम प्रदेशमा १२१ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्।

४ जीपीए ल्याउनेमा छात्रको संख्या बढी छ। ५ हजार ५४७ जना छात्रले ४ जीपीए ल्याउन सफल भएका छन्। ४ जीपीए ल्याउने छात्राको संख्या ४ हजार ४४ रहेको छ।

परीक्षामा सहभागी विद्यार्थी ३ लाख ९० हजार ८६८ मध्ये ५२ दशमलव ९१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन्। गत वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो।

 

तपाईको प्रतिक्रिया