Online Bichar
शनिबार, आश्विन ०५, २०८१ | Saturday, September 21, 2024

बझाङ, १५ वैशाख २०८१ । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचनको लागि पनि मतदान जारी रहेको छ। बिहान ७ बजेदेखि नै सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।

बिहानैदेखि सुरु भएको मतदान प्रक्रियामा मतदाता कम उपस्थित भएको मतदान अधिकृतहरुले जनाएका छन्। बिहान गर्मी कम हुने हुँदा मतदाताहरु काममा गएको दिउँसोतिर आउने उनीहरू बताउँछन्। लगिि

निर्वाचन आयोगका अनुसार बझाङ १ (१) मा कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ। त्यसमध्ये २७ केन्द्र सामान्य, २४ संवेदनशील र २३ अतिसंवेदनशील छन्।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङ १(१)मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। नेकपा माओवादीका उम्मेदवार जनक बहादुर बुढाले छबिसपाथिभेरा-६ बाठपाली मावि मतदान स्थलमा मतदान गरेका छन्।

तपाईको प्रतिक्रिया