Online Bichar
बिहिबार, पौष ११, २०८१ | Thursday, December 26, 2024

काठमाडौं, १८ चैत २०८० । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा कायम भएको हो।

सेन्सेटिभ इण्डेक्स २.५१ अंकले घटेर ३५६.५८ विन्दुमा बन्द भएको छ। यसदिन ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर ३ अर्ब २ करोड ५३ लाख ३२ हजार ३२४ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले ओरालो लागेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माया खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।

आज सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले घटेको छ। सो कम्पनीो ९.९९ प्रतिशतले ओरालो लागेको हो। कारोबार रकमका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

गोर्खाज फाइनान्सको १२ करोड,शिवम् सिमेन्टको ११ करोड,हाथवे इन्भेस्टमेन्टको ९ करोड र रिभर फल्स पावरको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

नन लाइफ इन्स्योरेन्स बाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका ६३ कम्पनीको मूल्य बढ्दा १७२ वटाको घट्यो। १० वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।

 

तपाईको प्रतिक्रिया