Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौँ, २२ माघ २०८० । यो साता कारोबारको पहिलो दिन सामान्य अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन आज (सोमवार) भने दोहोरो अंकले बढेको छ।

आज नेप्से परिसूचक १४ दशमलव ५७ अंकले बढेर २ हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो।

आज शेयर बजारमा भएको कारोबार रकम २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँ बराबर छ। ३१० कम्पनीको ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर ५६ हजार ७७६ पटक किनबेच भएको छ।

होटल तथा पर्यटन समूह शून्य दशमलव २०, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०६ र निर्जीवन बीमा समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ।

अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४ दशमलव ६८ प्रतिशतले बढेको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ६ दशमलव ७८ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी पावर लिमिटेडको ४ लाख ४७ हजार ६६७ कित्ता शेयर किनबेच भएको छ।

 

तपाईको प्रतिक्रिया