गौरीगंज,१४ मंसिर । गौरीगंज गाउँपालिक वडा नं-३ दन्तकालीका शारीरिक अपांग व्यक्ति दुर्गा कुमार तामाङलाई ह्विलचेयर बितरण गरिएको छ। हाल काठमाडौंमा बसोबास गर्दै आएका शशि रिमालको पहलमा ल्याइएको ह्विलचियर दुर्गा तामाङका घरमा औपचारिक कार्यक्रमका बिच वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गौरीगँञ्ज गाउँपालिका वडा नं-३ का वडाध्यक्ष श्रवण गिरीले ह्विलचियर वितरण गरेका थिए। शारीरिक रुपमा अशक्त रहेका तामाङलाई २०७३ सालमा दिएको ह्विलचेयर बिग्रिएपछि अर्को ह्विलचियरको आवस्यकता परेको थियो। आर्थिक अवस्था कमजोर र बुवाको समेत माया ममता नपाएका तामाङलाई चिनजानका भरमा भएपनि रिमाल परिवारले सहयोग गर्दै आएका छन।
ह्विलचियरको अभावमा दुर्गा तामाङलाई आवतजावतमा समस्या हुने निश्चित थियो। किलन्स ज्वेलर्स काठमाडौंका रबिन्द्र स्थापितले सौजन्य गरेको ह्विलचियर हाल अमेरिका बस्तै आएका युवा बज्राचार्यले समन्वय गरेका थिए । उक्त ह्विलचियर शशि रिमालका छोरा सनिज रिमालले झापाको गौरीगंजमा ल्याएर वितरण गराएका हुन्। बुवा समेत बेपत्ता भएका दुर्गा तामाङका आमा पनि अपांग हुनुहुन्छ।
गौरीगंज-३ को दन्तकाली चौकमा सानो घरमा हजुरआमा सँग बस्तै आएका तामाङको आर्थिक अवस्था कमजोर छ। आर्थिक अवस्था कमजोर रहेका तामाङ परिवारका आमा छोरालाई काठमाडौं निवासी आसरा समूहका शशि रिमाल, राम के.शि. र आमोद खनालले जाडोमा लगाउने न्यानो कपडा समेत सौजन्य गरेका छन्। आमा छोराका लागि ल्याइएको न्यानो कपडा पनि सोहि कार्यक्रममा वितरण गरिएको थियो।
स्थानीय समाजसेवी राजेन्द्र राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा वडा सदस्य सुशील राई, गंगा राजवंशी, नेपाल रेडक्रस सोसाईटी उपशाखा गौरीगंजका अध्यक्ष यादव रिजाल लागयतले शुभकामना मन्तब्य राखेका थिए। समाजसेवी मोनिका राईले स्वागत मन्तब्य राखेको कार्यक्रममा स्थानीय बिरेन्द्र कठेतले कार्यक्रम संचालन गरेका थिए।