एजेन्सी, १४ कार्तिक २०८० । इजरायलले गाजापट्टीको प्रमुख अस्पताल अल अक्सा परिसरको शिविरमा आक्रमण गर्दा १४ जनाको मृत्यु भएको छ ।
गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाइ आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।
युद्ध शुरु भएपछि गाजा पट्टीको उत्तरबाट भागेर शिविरमा शरण लिइ बसेकाहरुमाथि हवाइ हमला गर्दा दर्जनौ घाइते भएका छन् । मारिनेमा अधिकांश बालबालिका रहेका छन् ।
यसअघि सोमवार इजरायलले गाजाको अल अक्सा अस्पताल खाली गर्न उर्दी जारी गरेको थियो ।
यता, उत्तरी गाजाको ताल अल–हवा क्षेत्रमा अवस्थित अल–कुड्स अस्पतालको आसपास तोपखाना र हवाइ आक्रमणको आवाज सुनिएपछि शरणमा रहेकाहरुमा भागदौड मच्च्एिको छ ।
उक्त अस्पतालले हाल गाजाका सयौं बिरामी र १२ हजारभन्दा बढी विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको छ ।