Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, २७ असोज २०८० । झापाको दमकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । दमक नगरपालिका-१ स्थितमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो ।

इलाम फाकफोकथुम घर भई दमक-१ मा डेरा गरी बस्दै आएका २२ बर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती २१ बर्षीया सुनिता सुनुवारलाई असोज २५ गते बिहीबार राती ११ बजे कुटपिट गर्दा घाईते भएकी सुनिताको दमक अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर ल्याईएकोमा उनको उपचारको क्रममा शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका सुनुवारलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया