Online Bichar
शुक्रबार, पौष १९, २०८१ | Friday, January 3, 2025

जेबि खड्का
गौरादह, २३ भदौ २०८० । हिन्दु महिलाहरुको महान चार्ड तिज पर्व नजिकिदै जाँदा सामुहिक र संस्थागत रुपमा तिज मनाउन थालिएको छ। परम्परा काल देखि मनाइदै आएको तिज पर्व पछिल्लो समयमा सामुहिक रुपमा मनाइने चलन बढेको छ। हिन्दु समुदायमा दिदीबहिनी भेला गरेर घरमा परिवारका सदस्य जम्मा भएर तिज मनाउने चलन थियो।

तिज पर्बका दिन आ-आफ्नै घरमा तिज मनाइने भएकाले पर्व आउनु भन्दा केही दिन अगाडि महिलाहरुले रमाइलो गरेर मनाउन थालेका छन। पछिल्लो समयमा संघ संस्था र मठ मन्दिरहरुले सहयोग गर्दा सामुहिक रुपमा तिज मनाउन सहज भएको छ। संघ संस्थाहरुले सामुहिक रुपमा तिज पर्व मनाउन संस्थामा आबद्ध रहेका महिलाहरुलाई आर्थिक स्रोतको ब्यबस्थापन गर्दा थप सहज भएको हो। समुहमा आबद्ध रहेका महिलाहरुले आफैले आर्थिक स्रोतको ब्यबस्था गरेर गाउँका चौकमा जम्मा भएर पनि सामुहिक रुपमा तिज मनाउने गरेका छन। तिज पर्व मनाउदा मिठो मसिनो बनाएर खाने तथा तिज सम्बन्धि नेपाली लोक गीतमा नृत्य गरेर मनाउने गरेका छन।

गौरादह नगरपालिका वडा नं.५ स्थित जत्रुचौनमा रहेको राधाकृष्ण मन्दिरमा तिज बिशेष कार्यक्रम गरिएको छ। मन्दिर परिसरमा गौरादह -५ शान्ति चौकमा रहेको राधेश्याम किर्तन मण्डलीको आयोजनामा तिज बिशेष कार्यक्रम गरिएको मन्दिरका सल्लाहकार समिति संयोजक ओम बहादुर खड्काले जानकारी गराएका छन।। तिज बिशेष कार्यक्रममा किर्तन मण्डलीमा आबद्ध महिलाहरुका साथै आसपासका महिलाहरुको सहभागीता रहेको थियो। राधाकृष्ण मन्दिर परिसरमा भेला भएर तिज सम्बन्धि लोक गीतमा नृत्य गर्नुका साथै मिठा परिकारहरु बनाएर खाएका थिए।

सोही अवसरमा महिलाहरुलाई कुर्सी घुमाई र बच्चाहरुलाई चम्चा दौड खेल खेलाइएको थियो। कुर्सी घुमाई खेलमा कबिता कुँवर पहिलो ईन्दिरा भण्डार दोस्रो र गंगा दाहाल तेस्रो भएका थिए। चम्चा दौडमा सुबोध निरौला प्रथम,ग्रिष्मा ढकाल दोस्रो र लक्ष्मी खड्का तेस्रो भएका थिए। खेलका बिजेताहरुलाई आकर्षक पुरस्कार बितरण गरिएको थियो। राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष अम्बर बहादुर खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।नेपाल महिला सशक्तीकरण सचिब नवनिता सुब्बाले सहभागीहरुलाई शुभकामना दिएकि थिइन।मन्दिरका लेखा समिति संयोजक कुमार कार्कीले स्वागत मन्तब्य राखेको कार्यक्रममा सह( सचिब रमेश खड्काले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया