Online Bichar
सोमबार, पौष १५, २०८१ | Monday, December 30, 2024

काठमाडौं, १२ भदौ २०८० । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजार मंगलबार फेरि उस्तै अंकले रातो रह्यो । निरन्तरजसो ओरालो लाग्दै आएको शेयर बजार सोमबार ५ अंकले सकारात्मक रहेकोमा मंगलबार पनि पाँचै अंकले ऋणात्मक रहेर १९ सय ९३ कायम भएर थामियो । कारोबारको सुरुवाती समयमा बजार सकारात्मक रहेर २ हजारमाथि पुगे पनि वृृद्धि अन्तिमसम्म टिक्न सकेन । कारोबार मंगलबार पनि अर्ब तलै खुम्चियो ।

निजीबन बीमा, व्यापार, लगानी र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक बाँकी समूह रातो रहे । होटल तथा पर्यटन, उत्पादनमूलक, विकास बैंक र जलविद्युत समूह आधा प्रतिशत बढीले ओरालो लाग्दा बाँकी समूह सामान्य अंकले ऋणात्मक रहे ।

मंलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७८ कम्पनीको ४० लाख कित्ता शेयर जम्मा ८६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार १ सय ४४ कम्पनीको मूल्य घट्दा ६९ को बढ्यो । घटेको बजारमा पनि कुथरी बुखेरी हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाउने क्रम जारी रहँदा ग्लोबल आईएमई ब्यालेन्स फण्डको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।

तपाईको प्रतिक्रिया