Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

काठमाडौं, २९ साउन २०८० । एमालेले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबार सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गरेको हो ।

अर्को बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया