Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, १८ असार २०८० । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्ध महिलाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं. १० बाङ्गे चोक बस्ने ८० वर्षीया पानालाल देवि साहको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । मृतक महिला भारत सिलिगुडी घर भई हाल ज्वाँइ बैजनाथ साह सँगै बस्दै आउनु भएको थियो ।

आज (सोमबार) बिहान ५ः१५ बजेको समयमा सोहि ठाउँको महानन्द चोकमा फूल टिप्ने क्रममा मागुरमाडी सामुदायिक बनबाट आएको जंगली हात्तीले टेकि घटना स्थलमै वृद्ध महिलाको मृत्यु भएको प्रवक्ता रिजालले बताउनुभयो । थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया