काठमाडौं, १४ असार २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ ।
नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।
नीतिगत सुधार र जनसवालका विषयमा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म पुर्याउन सम्पर्क सांसद तोकिएको छ।
आम आवाजलाई नीतिमा समेट्न,अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको हो । पार्टी सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन् ।
जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ । सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि मोबाइल नम्बर समेत उपलब्ध गराइएको छ ।