Online Bichar
शुक्रबार, पौष १९, २०८१ | Friday, January 3, 2025

इलाम, १० असार २०८० । मेची राजमार्गको माईखोलाको माथिल्लो खण्ड भासिँदै गएको छ । इलाम नगरपालिकास्थित राजदुवाली खण्डमा करोडौं रुपैयाँ खर्च गरिए पनि सडक भासिने क्रम रोकिएको छैन ।

सडक डिभिजन कार्यालय इलामले माईखोला माथिको एकातर्फको पर्खाल भत्काएर भासिने क्रम रोक्ने प्रयास गरेपनि अर्कोतर्फ उत्तिकै जोखिम बढेको छ । यसले गर्दा जुनसुकै बेलापनि दुर्घटना हुनसक्ने त्रास बढ्को छ ।

वर्सेनी सडक भासिएपछि कार्यालयले ग्राभेल लगाएर यातायात सञ्चालनमा ल्याए पनि वर्षायाममा उपयोगी हुन सकेको छैन । अहिले दैनिकजसो सवारी साधन हिलोमा भासिएर घण्टौसम्म जाम हुने गरेको छ ।

राजमार्गको माईखोला माथिल्लो खण्डको दुई किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त हुने गरेको हो ।

 

तपाईको प्रतिक्रिया