Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, ८ असार २०८० । झापामा प्रतिबन्धित लागुऔषध सहित १ जना मानिस पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं. ४ झापा बजार स्थित बाट काठमाण्डौँ चन्द्रगिरी नगरपालिका वडा नं.१५ बस्ने ३८ वर्षिय अच्युत कुमार मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका मगरलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर १७ ग्राम १२० मिलिग्राम फेला परे पश्चात नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया