Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

झापा, ४ असार २०८० । नेपाल बाढी सूचनाले दैनिक बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी ३ दिन तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ । तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको जनाएको छ भने, काबेली नदी जलसतह सतर्कता तह आसपास रहेको छ । आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । सिन्धुपाल्चोक, रसुवा, धादिङ, कास्की र आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ । यस्तै देशका अन्य भू-भागका स-साना नदीहरुमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान गरिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

भोलि कोशि प्रदेशको ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र आसपासका जिल्लाहरु तथा गण्डकी प्रदेशको लमजुङ, गोरखा जिल्ला भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ ।

असार ६ गते कोशी प्रदेशको मध्य पहाडी र तराईका केहि स-साना नदीहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका केहि स-साना नदीहरुमा बहाव बढ्ने तथा केहिमा आकस्मिक जोखिम रहने पूर्वानुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया