Online Bichar
शुक्रबार, पौष १९, २०८१ | Friday, January 3, 2025

काठमाडौं, २६ जेठ २०८० । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पछिल्लो दुई वर्षको तुलनामा यस वर्ष झण्डै दोब्बरले वृद्धि भएको छ । देशको शिक्षा प्रणाली गुणस्तर नहुनु, रोजगारको व्यवस्था तथा श्रमको उचित मूल्याङकन नहुँदा उच्च शिक्षाका लागि विदेशमा जानेहरुको चाप बढ्दो छ ।

भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेका अधिकांश विद्यार्थीहरु पढ्न विदेश जाने भन्दै तयारीमा जुटेका छन् । दैनिक पाँच सयको हाराहारीमा नेपाली विद्यार्थीले विदेशमा पढ्न जान अनुमति लिने गरेका छन् । शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९र०८० मा विश्वका ७२ वटा ९२ हजार १४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएका थिए ।

स्वदेशको उच्च शिक्षाको अध्ययन गुणस्तरीय र आकर्षक नभएको तथा शैक्षिक बेरोजगारीको समस्या कायम रहेको नाममा वर्षेनी विदेशमा अध्ययन गर्ने विद्यार्थी बढ्ने गरेको देखिएको छ ।

पछिल्लो समय उच्च शिक्षाका अध्यनका लागि विद्यार्थीको पहिलो रोजाई अस्ट्रेलिया पर्ने गरेको छ । त्यस्तै, अमेरिका, क्यानडा, ईङल्यान्ड, डेनमार्क तथा भारतलगायतका मुलुक थप रोजाइमा पर्ने छन् । तर, भारतमा पढ्न जानेहरुको यकिन तथ्याङ्क भने सरकारसंग छैन ।

उच्च शिक्षाका लागि प्राय विद्यार्थीहरु विदेश नै जान रुचाउने गरेका छन् । वैदेशिक शिक्षाका लागि ठूलो रकम लाग्ने भन्दै कतिपय विद्यार्थी भने रकम जुटाउन नसक्ने बाध्यताले स्वदेशमै उच्च शिक्षा लिने बताउँछन् । विदेश जानको लागि धेरै पैसा चाहिने भएकाले ईच्क्षा हुँदाहुदै पनि विदेश अध्ययनको लागि जान नसकेको मोहमद् जावेद मन्सुरी बताउनुहुन्छ ।

उच्च शिक्षा अध्ययनका लागि देश तथा विश्वविद्यालय हेरेर लागतको तय हुने गर्दछ । विश्व विद्यालयहरुले पनि अध्ययनको मूल्याङकन गरेर राम्रो छात्रवृत्तिको अवसर दिएका हुन्छन् । तर कतिपय परामर्श केन्द्रहरुलाई नै यस्तो अवसर बारे जानकारी नहुने तथा कतिपयले यसबारे विद्यार्थीलाई जानकारी दिँदैनन् । विद्यार्थीले विदेशमा अध्ययन गर्न जाँदा कुन देशमा कुन विषय पढ्दा राम्रो हुन्छ भन्ने कुरा पनि राम्रोसँग बुझ्नुपर्ने इक्यान नेपालका उपाध्यक्ष शेषराज भट्टराई बताउनुहुन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो नौ महिनाको अवधिमा ६७ अर्ब १९ करोड बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४३ अर्ब ६७ करोड बाहिरिएको थियो । नेपालबाट उच्च शिक्षका लागि गएका विद्यार्थीहरुले कुन कुन विषय अध्ययन गरेको भन्ने विवरण सरकारसंग हुँदैन । त्यस्तै, पढाइका साथ काम गर्ने भएकाले विद्यार्थीले ती मुलुकमा पाउने दुःखको बेलाबेलामा गुनासो सुनिए पनि अनुगमन र कारबाहीका लागि सरकारको निश्चित निकाय रहेको पाइँदैन ।

सरकारले शिक्षा क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने गर्दछ । तर, शिक्षा प्रणाली सुधार नहुनु र विदेशमा पढ्नेहरुलाई पनि देशमै फर्काएर रोजगारको उचित व्यवस्था गर्न नसक्दा देशले ठूलो घाटा व्यहोर्नु परेको छ ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया