एजेन्सी, २२ जेठ २०८० । हेइटीमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करीब एक दर्जन वेपत्ता भएका छन् । सयौं घरहरुमा बाढी पसेका कारण साढे १३ हजार बढी मानिसलाई अन्यत्र सारिएको त्यहाँको नागरिक सुरक्षा कम्पनीले जनाएको छ ।
सबै सडकहरु जलमग्न भएका छन् भने खानेपानी आपूर्ति समेत रोकिएको छ ।
भारी वर्षाले खेतीबाली नष्ट भएकाले आगामी वर्ष भोकमरी लाग्ने संभावना औंल्याइएको छ ।
त्यहाँका मौसमविद्हरुले पानी पर्ने क्रम आजसम्म मात्रै जारी रहेको बताएका छन् ।