Online Bichar
मंगलबार, माघ १५, २०८१ | Tuesday, January 28, 2025

एजेन्सी, २ जेठ २०८० । साविक विजेता गुजरात टाइटान्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले प्ले–अफमा पुगेको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले हराउँदै गुजरात यो सिजनको आइपिएलमा प्ले–अफमा पुग्ने पहिलो टोली बनेको हो । गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ रन जोड्यो ।

गुजरातका शुममन गिलले १०१ रनको शतकिय पारी खेल्दा हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए । जवाफमा १८९ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान हेन्रीक क्लासेनले ६४ रन जोडे ।

गुजरातका मोहोमद शामीले ४ विकेट लिए । जितसँगै शिर्ष स्थानको गुजरातले १३ खेलबाट १८ अंक जोड्दै प्ले अफ्मा स्थान बनायो । १५ अंकसहित चेन्नाई दोस्रो स्थानमा रहँदा १४ अंकसहित मुम्बई तेस्रो तथा १३ अंकसहित लखनउ चौथो स्थानमा रहेका छन् । गएराति पराजित भएको हैदरावाद भने १२ खेलबाट ८ अंक मात्रै जोड्दै रेलिगेशनमा परेको छ । हैदरावादभन्दा तल रहेको दिल्ली क्यापिटल्स पनि रेलीगेशनमा परिसकेको छ ।

 

तपाईको प्रतिक्रिया