Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौं, १५ वैशाख २०८० । शुक्रबारबाट नेपाली चार वटा चलचित्र एक साथ प्रदर्शन भएको छ । ‘प्रसाद २,’ ‘नाइँ नभन्नु ल ६,’ ‘पासाङ स् इन द स्याडो अफ एभरेस्ट’ र ‘कैदीको पत्र’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेका चलचित्र हुन् ।

‘पासाङ’बाहेक अन्य तीन काल्पनिक कथानक चलचित्र हुन् । ‘पासाङ: इन द स्याडो अफ एभरेस्ट’ भने पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर आरोहण गरिन् भन्ने कथावस्तुमा आधारित रहेर बनेको डकुमेन्ट्री चलिचत्र हो ।

विकासराज आचार्यद्वारा निर्देशित चलचित्र ‘नाई नभन्नु ल ६’ एक प्रेमकथामा आधारित रहेर बनेको चलिचत्र हो । यसमा प्रियंका कार्की, आँचल शर्मा, आशिर्वाद क्षेत्री, केकी अधिकारी, सरोज खनाल, खड्गबहादुर पुन, अथर्व उप्रेती, योगिशा खत्री लगायतको अभिनय रहेको छ ।

यस्तै, सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘प्रसाद २ समसामायिक घटनाहरूसँग सम्बन्धित रहेर बनेको छ । यसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ ।

सनम कुमार बैरागले निर्देशन गरेका चलचित्र ‘कैदीको पत्र’ मा प्रेम र रोमान्सको कथामा बनेको यो चलचित्रले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको छ ।

कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय रहेको छ ।

 

तपाईको प्रतिक्रिया