Online Bichar
बिहिबार, पौष ११, २०८१ | Thursday, December 26, 2024

तलब बाहेक शिक्षा शाखाको स्विकृत बजेट ४१ लाख रुपैयाँ मात्र
५४ लाखको इन्धन जलाउँदा पुस्तक तथा सामग्री खरिदमा ३ लाख

बिबेक घिमिरे
गौरादह, ११ असोज । चालु खर्चका दर्जन बढी शीर्षकमा अचाक्ली बजेट बिनियोजन गरेको झापाको गौरादह नगरपालिकाले आर्थिक बर्ष ०७९/८० को लागि इन्धनमा ५४ लाख ६० हजार बिनियोजन गरेको छ । इन्धनको तुलनामा शिक्षा शाखालाई बिनियोजन गरेको बजेट भने न्युन देखिएको छ । शिक्षा जस्तो नागरिकको आधारभूत आवस्यकतामा दिर्घकालिन विकासको लागि लगानी गर्नुपर्नेमा फजुल खर्चमा बढी बजेट बिनियोजन हुनले नगरवासी निरास भएका छन् ।

नगरपालिकाले इन्धन पदाधिकारी शीर्षकमा २० लाख, इन्धन कार्यलय प्रयोजन शीर्षकमा ३० लाख, इन्धन अन्य प्रयोजन शीर्षकमा एक लाख त्यसैगरी वडा तर्फ इन्धन कार्यलय प्रयोजनमा २ लाख ७० हजार र इन्धन अन्य प्रयोजन शीर्षकमा ९० हजार गरी कुल ५४ लाख ६० हजार बिनियोजन गरेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापाका अन्य नगरपालिकाको तुलनामा आन्तरिक आय सबैभन्दा घटी २ करोड ६२ लाख मात्र अनुमान गरिएको गौरादह नगरपालिकाको इन्धन शीर्षकको बजेट आर्थिक मितव्ययीता बिपरित अधिक रहेको विश्लेषण छ ।

विद्यालयका बाल शिक्षक, लेखा कर्मचारी तथा सहयोगी कर्मचारीका शीर्षको तलब बापतको बजेट समेत शिक्षा शाखाको कार्यक्रममा देखाइएको छ । तलब बाहेक शिक्षा शाखाको कार्यक्रमको लागि भनेर ४१ लाख ७३ हजार रुपैयाँ मात्र छुट्याएको पाइएको छ ।

बाल शिक्षक, लेखा कर्मचारी तथा सहयोगी कर्मचारीको तलब बापतको बजेट संकेत नं.२११११ “पारिश्रमिक कर्मचारी” भन्ने शीर्षकमा नराखेर शिक्षा शाखाको कार्यक्रममा राखिएको छ ।

अन्य कुनै पनि बिषयगत शाखाका कारारका कर्मचारीको तलब शाखाको कार्यक्रममा देखाइएको छैन तर शिक्षा शाखाको मात्र तलब बापतको बजेट जबरजस्त कार्यक्रममा राखेर बिनियोजन प्रतिशत बढी देखाउन खोजेको श्रोतले बताएको छ । शिक्षा शाखाको स्विकृत बजेट कार्यक्रममा १ करोड ३० लाख बजेट बिनियोजन गरेको भएता पनि बाल शिक्षक, लेखा कर्मचारी तथा सहयोगी कर्मचारीको तलब बापतको शीर्षकमा ८८ लख २७ हजार बजेट बिनियोजन छ । तलब बाहेकको ४१ लाख ७३ हजार न्युन बजेटको आधारमा शिक्षा शाखाले बनाएको शिक्षाका कार्यक्रमहरु गौरादहको शिक्षा क्षेत्रको द्रुत विकासका लागि अपर्याप्त छन् ।

चालु खर्च अन्तर्गतको संकेत नं.२२३१३ को पुस्तक तथा सामग्री खरिद शीर्षकमा पनि अत्यन्तै न्युन ३ लाख मात्र बजेट बिनियोजन गरिएको छ । गौरादह नपामा सामुदायिक तथा संस्थातग गरेर ९ वटा विद्यालयमा कक्षा ११/१२ पढाइ हुन्छ । त्यसैगरी एउटा आङ्गिक, ्एउटा सामुदायिक तथा दुईवटा नीजि क्याम्पसहरु सञ्चालित छन् ।
पाठ्यक्रम फरिने बित्तिकै विद्यालय तथा कलेजहरुले पुस्तकालयका पाठ्यपुस्तकहरु नयाँ खरिद गर्नुपर्छ । त्यसैगरी सन्दर्भ सामग्रीहरु पनि नयाँ नयाँ खरिद गरिरहनु पर्ने हुन्छ । नगरपालिकाले पुस्तक खरिदमा संघीय सशर्तको बजेट बाहेक फजुल खर्च अन्यत्र छुट्याउदा पुस्तक खरीद शीर्षक छुटाउन नमिल्ने भएको कारण धाराटार्न मात्र न्यून बजेट बिनियोजन गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया