Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

झापा, २४ साउन २०७९ । नेपालमा आज १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परिक्षणबाट २ हजार ९ सय ५८ र एन्टिजेन परिक्षणबाट ३ हजार ३ सय ४२ जना गरि ६ हजार ३ सय जनामा परिक्षण गर्दा एकैदिन १ हजार ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ५ सय ६० र एन्टिजेनबाट ५ सय ३० जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ९१ हजार १ सय ८५ र एन्टिजेन परिक्षणबाट १ लाख ४५ हजार ५ सय ७७ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ३६ हजार ७ सय ६२ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४ सय ३८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७३ हजार ४ सय ५ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ७८ हजार ८ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ५ हजार ५ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २ सय १३ जना संक्रमित रहेका छन् । यस्तै, ६१ जना संक्रमित आइ.सी.यु मा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाबाट आज २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७४ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया