Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

गौरादह, १५ साउन २०७९ । झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा झापा गाउँपालिका-६ का २३ वर्षिय राजेश कार्की रहेका छन् भने, सोहि स्कुटिमा पछाडि सवार मृतक कार्की कि श्रीमति २० वर्षिया सर्मीला कार्की घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

यहि साउन ४ गते अन्दाजी २ बजेको समयमा कन्काई नगरपालिका-३ स्थित सुरुङ्गा-कुमरखोद सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ गई रहेको मे १ च १६५४ नं. को एम्बुलेन्सले बिपरित दिशाबाट आई रहेको प्र १-०१-०१५ प २१४८ नं.को स्कुटिलाई ठक्कर दिएको थियो । उनिहरु दुवैको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइ रहेकोमा घाइते चालक कार्कीलाई १४ गते थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा आज(आईतबार)अन्दाजी ६ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-१० का ४६ वर्षिय चन्द्र बहादुर बि.क.प्रहरीको नियन्त्रणमा रहेको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया