Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, ८ साउन २०७९ । देशभर एकैदिन ३ सय ४७ जना कोरोना संक्रमित थपिदा २ जनाको मृत्यु भएको छ । पीसीआर परिक्षणबाट २ हजार ३ सय ६० र एन्टिजेन परिक्षणबाट १ हजार ५ सय २८ जना गरि ३ हजार ८ सय ८८ जनामा परिक्षण गर्दा ३ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ३ सय ३ र एन्टिजेनबाट ४४ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८३ हजार ६ सय २२ र एन्टिजेन परिक्षणबाट १ लाख ४१ हजार ४ सय ९२ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २५ हजार १ सय १४ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ९५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ४ सय ८९ जना पुगेको छ ।

सक्रिय सङ्क्रमितको संख्या भने ३ हजार १ सय ७७ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा ७८ हजार २ सय २८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। ३ हजार ३५ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ४२ जना संक्रमित रहेका छन् । यस्तै, २२ जना संक्रमित आइ.सी.यु मा र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५६ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया