Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, ४ साउन २०७९ । देशभर आज ३ सय ९१ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट २ हजार ५ सय ६२ र एन्टिजेन परिक्षणबाट १ हजार ४ सय १९ जना गरि ३ हजार ९ सय ८१ जनामा परिक्षण गर्दा ३ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट ३ सय ४० र एन्टिजेनबाट ५१ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८२ हजार ४ सय २ र एन्टिजेन परिक्षणबाट १ लाख ४१ हजार १ सय ३९ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २३ हजार ५ सय ४१ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४६ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार १ सय ७२ जना पुगेको छ ।

सक्रिय सङ्क्रमितको संख्या भने २ हजार २ सय ७६ पुगेको छ। यसैबीच पछिल्लो २४ घण्टामा १ लाखा २१ हजार ५ सय १५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। २ हजार १ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा १ सय ३३ जना संक्रमित रहेका छन् । यस्तै, २१ जना संक्रमित आइ।सी।यु मा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५४ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया