Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झगेन्द्र खड्का
गौरादह, ४ साउन । गौरादह बजार दिनदिनै अस्तव्यस्त बन्दै गरेको छ । भौतिक पूर्वाधारमा करोडौं लगानी गरेको सब्जी बजार खाली छ भने सडक पेटीमा बजार फिंजाइएको हुन्छ । बजार अस्तब्यस्त बन्दा पनि गौरादह नगरपालिका तथा नियमनकारी निकयहरु मौन छन् ।

गौरादह नगरपालिकाको ठूलो बजारको रुपमा रहेको गौरादह बजारको हाट लाग्ने बैकल्पिक ठाउँको व्यवस्था भए पनि ब्यापारीहरु सडक पेटीमै ब्यापार गरिरहेका छन्। गौरादहमा साबिकको बजार लाग्ने ठाउँ साँघुरो भएपछि पाँचसय मिटर दक्षिण नगरपालिकाले वडा नं -२ मा ठाउँ व्यवस्थापन गरि तरकारी बजार स्थानान्तरण गरेको थियो।तरकारी व्यावसाय गर्ने ब्यापारीहरु ग्राहकहरु आवतजावत गर्ने पुरानै बजार तिर सर्दा ब्यापार गर्ने ठाउँ नभएपछि सडक पेटिमै ब्यापार गर्ने गरेका छन।

सडक पेटिको दुबैपटी ब्यापारीहरु ब्यापार गर्न बस्ता ग्राहकहरुको भिडभाड र सवारीसाधन समेत आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम बढेको छ। गौरादह बजारको डिपुचौक बजार, बजार हाँसखोरा लाईन ,बजार क्षेत्रको आवतजावत गर्ने सडकमा ब्यापारीहरु ब्यापार गर्न बस्छन। गौरादह बजारको भिडभाड घटाउन स्थानीय सरकारले वडा नं -२ मा व्यवस्थापन गरेको कृषिथोक केन्द्रमा तरकारी बजार र अन्य व्यावसायलाई पुरानै बजारमा राखेको थियो।केही बर्ष अगाडि सम्म फराकिलो देखिने गौरादह बजार क्षेत्र जनसंख्या बृद्धी अन्य ठाउँबाट बसाइँसरि आएका कारण जनसंख्याको चाप बढ्न जाँदा बजार क्षेत्र साँघुरो भएको हो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
गौरादहमा करोडौं लगानिको खाली सब्जी बजार

हाटको दिन बजारमा ब्यापार गर्न स्थानीयका साथै बाहिय ब्यापारीहरु पनि आउने गरेका छन। बजार लाग्ने ठाउँ साँघुरो भएपछि नगरपालिकाले बजार व्यवस्थापन गर्न वडा नं -२ मा अमर मा.बि.को जग्गा भाडामा लिई टहरा व्यवस्थापन गरि सकेको छ।स्थानीय सरकारले बजार स्थानान्तरण गरि व्यवस्थापन गर्नका लागि वडा नं -२ मा करोडको हाराहारीमा लगानी गरिसकेको छ।बजार स्थानान्तरणका लागि सम्पुर्ण तयारी गरेर तरकारी बजार स्थानान्तरण गरेपनि बजारको अवस्था उस्तै छ।

केही समय अगाडि केही महिना तरकारी बजार सारिएपनि अहिले त्यो स्थान खालि छ।तरकारी ब्यापारीहरु तरकारी बजार लाग्ने ठाउँमा नबसी पुरानै ठाउँमा आएपछि आफुहरुपनि पुरानै ठाउँमा आएको ब्यापारीहरुको भनाइ छ। ठुला ब्यापारीहरु पुरानै ठाउँमा आएर ब्यापार गर्न थालेपछि नयाँ ठाउँमा ग्राहकहरु नजादा हामी पनि पुरानै ठाउँमा आएको खुद्रा तरकारी ब्यापारी सन्तोष शाह बताउँछन्। बजारको मुख्य सडक पेटीमा ब्यापारीहरु ब्यापार गर्न बस्ने र ग्राहक तथा सवारीसाधनहरु पनि आवतजावत गर्ने भएकाले ट्राफिक व्यवस्थापन मिलाउन समस्या भएको गौरादह ट्राफिक प्रहरी प्रमुख लक्ष्मीप्रसाद ओझा बताउँछन्।गौरादहमा आईतवार र बिहिवार हप्तामा २ दिन हाट लाग्ने गर्दछ। हाटको दिन तरकारी ब्यापार गर्ने ब्यापारीहरु सडक पेटीमा ब्यापार गर्छन । जसका कारण दुर्घटनाको जोखिम बढेकाले ट्राफिक व्यवस्थापन मिलाउन समस्या भएको प्रमुख ओझाको भनाइ छ।

तरकारी ब्यापारीहरु सडक पेटीमा ब्यापार गर्न बस्दा बजारको अवस्था अस्तब्यस्त भएकाले बजारमा भिडभाड हुन नदिन बजार व्यवस्थापनका लागि उद्योग बाणिज्य संघले नगरपालिका सँग समन्वय गरि बजार स्थानान्तरणको प्रक्रिया अगाडि बढाउने गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जेबि कार्कीले बताउँछन् ।गौरादहमा सबिकको बजार लाग्ने ठाउँ साँघरो भएकाले स्थानीय सरकारले बजारका लागि बैकल्पिक ठाउँको व्यवस्था गरिसकेको छ।

वडा नं -२ को कृषि थोक केन्द्रमा लाग्दै आएको तरकारी बजार लाग्ने ठाउँ केही मर्मत गर्नुपर्ने भएकाले केही दिनका लागि ब्यापारीहरु पुरानै ठाउँमा आएका हुन मर्मत कार्य सम्पन्न भएपछि तरकारी बजार वडा नं -२ को कृषि थोक केन्द्रमा सारिने वडा नं -२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले जानकारी गराए। बजार व्यवस्थापनमा आएका समस्या तत्कालका लागि बजार व्यवस्थापन समिति र वडातहले गर्ने बजार ऐन बनाएर कार्यनयनमा आएपछि दिर्घकालिन समाधान हुने गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले जानकारी गराए।

तपाईको प्रतिक्रिया