Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, ३१ असार २०७९ । नेपालमा आज पछिल्लो २४ घण्टामा २ सय २९ जना कोरोना संक्रमित थप भएका छन् । पीसीआर परिक्षणबाट १ हजार ६ सय ४४ र एन्टिजेन परिक्षणबाट २ हजार ७४ गरि ३ हजार ७ सय १८ जनामा परिक्षण गर्दा २ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट १ सय ६१ र एन्टिजेनबाट ६८ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८१ हजार १ सय ४२ र एन्टिजेन परिक्षणबाट १ लाख ४० हजार ८ सय ५४ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २१ हजार ९ सय ९६ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ९ सय ६ जना पुगेको छ ।

अहिले नेपालमा १ हजार २ सय ८४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ८७ हजार ९ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। १ हजार २ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ३५ जना संक्रमित रहेका छन् । यस्तै, १४ जना संक्रमित आइ।सी।यु मा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया