Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, ३० असार २०७९ । देशभर कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएको पाइएको छ । आज एकैदिन २ सय ६० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या वृद्धि हुदै गएको हो । जसमा पीसीआर परिक्षणबाट २ हजार २७ र एन्टिजेन परिक्षणबाट १ हजार ८ सय १७ गरि ३ हजार ८ सय ४४ जनामा परिक्षण गर्दा २ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पीसीआर परिक्षणबाट २ सय १४ र एन्टिजेनबाट ४६ जना रहेका छन् ।

नयाँ संक्रमित थप भएसँगै पीसीआर बाट ९ लाख ८० हजार ९ सय ८१ र एन्टिजेन परिक्षणबाट १ लाख ४० हजार ७ सय ८६ जना गरि हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख २१ हजार ७ सय ६७ जना पुगेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा ४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ८ सय ५८ जना पुगेको छ ।

अहिले नेपालमा १ हजार १ सय ७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ७२ हजार ३ सय २० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल क्वारेन्टाइनमा रहेको संख्या शुन्य रहेको छ। १ हजार १ सय ४८ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २३ जना संक्रमित रहेका छन् । यस्तै, १४ जना संक्रमित आइ।सी।यु मा र १ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको जनाएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

 

तपाईको प्रतिक्रिया