Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

काठमाडौं, १५ जेठ २०७९ । सरकारले शैक्षिक सत्र सुरु हुनुअघि सार्वजनिक विद्यालयका विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने बताउनुभयो ।

सुत्केरीलाई ५ हजार पोषणभत्ता दिने घोषणा गरेको सरकारले विपन्नको निःशुल्क रुपमा मृगौला प्रत्यारोपण गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका लागि ७९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको सरकारले प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय २७ अर्ब ४४ करोड बजेट छुट्याएको छ ।

 

तपाईको प्रतिक्रिया