Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

झापा, १३ वैशाख २०७९ । झापाको मेचीनगरमा अवैध सखुवा जातको काठसहित लोड गरी राखिएको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान करिब २ बजे विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका-२ स्थित आमडाँगी-८ बस्ने प्रदीप गिरीले सञ्चालन गरेको एमपी फर्निचर उद्योगमा मे १ त २६६७ नम्बरको ट्याक्टरमा लोड गरी राखेको र साथै अपलोड गरी राखेको सखुवा जातको गोलिया जम्मा १९४ क्यु फिट फेला पारी उक्त काठ र ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाएको छ भने ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया