Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

काठमाण्डौ, १ वैशाख २०७८ । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगको आज बिहीवारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनालाई पत्र पठाएर सात दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।

नेकपा ९माओवादी केन्द्र० ले घिसिङको तस्बिर चुनाव प्रचार सामग्रीमा प्रयोग विषयलाई लिएर घिसिङलाई आयोगले स्पष्टीकरण सोधेको हो । चुनाव प्रचार सामग्रीमा घिसिङको तस्बिर प्रयोग भएको भन्दै चौतर्फी आलोचना भएपछि पछि मा‌ओवादीले घिसिङको तस्बिर हटाएको थियो ।

त्यस्तै गण्डकी प्रदेश सभाका सभामुख अधिकारीलाई २०७४ सालको प्रदेश सभा चुनावमा भएको खर्चबारे दिएको भनिएको अभिव्यक्तिलाई लिएर आयोगले प्रष्ट पार्न भनेको छ । निर्वाचन आयोगमा आफूले खर्चको गलत विवरण बुझाएको भनी अधिकारीले अभिव्यक्ति दिएका समाचार सार्वजनिक भएको थियो ।

 

तपाईको प्रतिक्रिया