काठमाडौं, २२ चैत २०७८ । चीनमा कोरोना संक्रमण पुनः फैलिएको छ । चीनका २७ वटा प्रान्तमा एक साथ फैलिएको ओमिक्रोन भेरिएन्टबाट एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टी भएको छ । जसमा संघाई शहरमा मात्रै एकैदिन ८ हजार ५ सय ८१ जना संक्रमित भएका छन् ।
संघाइमा कोरोना नियन्त्रणका लागि आंशिक रुपमा लकडाउन घोषणा गरिंदा पनि संक्रमितको संख्या नघटेको बताइएको छ । सरकारले १ करोड भन्दा बढी नागरिकको कोरोना जाँच गर्न निर्देशन दिएको छ । साथै अनावश्यक रुपमा घर बाहिर ननिस्कन र सावधानी अपनाउन पनि अपिल गरिएको छ ।
चीनमा ओमिक्रोन भेरियन्ट ढिला गरी फैलिन थालेको हो । कोरोना नियन्त्रणका लागि चीन सरकारले थप कदम चाल्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् ।