Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

इलाम, १६ फागुन २०७८ । इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।

७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक प्रदिप सैजुले जानकारी दिए । सूर्योदय नगरपालिका–१० को कान्दुक फुटसल एरिनामा हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट १÷१ टिमको सहभागिता रहने जनाइएको छ । आयोजक टिमको रुपमा सूर्योदय नगरपालिकाले समेत खेल्ने सैजुले बताए ।

कमुते तर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समुहका खेलाडीहरुले सहभागिता जनाउनेछन् । त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समुहमा प्रतिस्पर्धा हुनेछ । कुमेत खेलमा सहभागि खेलाडीहरु मध्येबाट १÷१ जनाले एकल कातामा प्रतिस्पर्धा गर्ने इलामका कराँते प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए । करातेको माध्यमबाट खेल पर्यटनको प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए । प्रतियोगितामा सहभागि प्रदेशका टिमहरुलाई आवास र खानपानको व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको सूर्योदय नगर खेलकुद विकास समितिका अध्यक्ष शरण राईले बताए । प्रदेश १ को टिम आगामी फागुन २० गते जिल्ला भरका डोजोबाट छनौट गरिने जनाइएको छ ।

यसअघि २०७५ चैत्र २२ र २३ मा जिल्ला कराँते संघको संयोजनमा सूर्योदय नगरपालिकाको श्रीअन्तुमा सातौ अन्तराष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता सम्पन्न भएको थियो । जसमा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईको टिम सहभागि थिए । कोभिड संक्रमणका कारण विगत ३ बर्ष देखि ठप्प बनेको इलामको कराँते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया