Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

शान्ति सुब्बा
गौरादह, ११ फागुन २०७८ । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले हात्तीपाइले विरुद्धको औषधि ढुक्क सँग सेवन गर्न आग्रह गर्नु भएको छ । झापाको गौरादहमा बुधबार(आज)गौरादह नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले आयोजना गरेको हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन कार्यक्रम २०७८ अन्तर्गत नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा सो कुरा बताउनु भएको हो ।

कार्यक्रम माथि प्रकाश पार्नुहुँदै प्रमुख घिमिरेले झापामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने यो ११औं पटक रहेको बताउनुभयो । त्यस क्रममा हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने हुनाले रोग लाग्न नदिन सर्वप्रथम त लामखुट्टेको टोकाइबाट बच्नु अति आवश्यक रहेको जानकारी गराउनुहुँदै यस रोग को बारेमा आम जनसमुदायले बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले झापा जिल्ला भर एकै साथ यहि फागुन २८ गते हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने कार्यक्रम सञ्चालन गरिने बताउनु भएको थियो । झापामा ८ लाख ४३ हजार नागरिकलाई औषधी खुवाईँदैछ । जसका लागि ६ सय स्वास्थ्यकर्मी र ६ सय स्वंयसेवीका परिचालन हुने र यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको फोकल पर्सन चौंलागाईले बताउनुभयो । सो अभियानमा २ वटा औषधी डिइसी र अल्बेन्डाजोल  खुवाइने जनाइएको छ । जुन पूर्ण रुपमा सुरक्षित रहेको जनाइएको छ । हात्तीपाइले रोग विरुद्धको औषधी ४ देखि ६ पटक सम्म खाँदा आफ्नो स्वास्थ्यको लागि धेरै नै उत्तम रहेको बताइएको छ । हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियानको क्रममा रोगीको पहिचान पनि गरिने बताउनु भएको छ । कार्यक्रममा उहाँले हात्तीपाइले रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर ति परजिवीहरु शरीरमा प्रवेश गरेपछि लाग्ने जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यो रोग लागेपछि जाडो लाग्ने र कम्पन हुने गरी ज्वरो आउने, शरीरका विभिन्न भागमा गिर्खा आउने र दुख्ने, खुट्टाहरूमा निला काला धर्साहरू देखापर्ने, पिसाबको रङ सेतो हुने, पुरुषमा अन्डकोष ठूलो हुने वा हाइड्रोसिल हुने, महिलाहरूमा स्तन सुन्निने गिर्खा आउने र योनि सुन्निने साथै समय बित्दै गएपछि खुट्टा सुन्निएर हात्तीका जस्ता ठूला हुने लक्षण देखा पर्दछ । हात्तीपाइले रोगले शरीरलाई कुरुप तथा अपाङ्ग बनाउने भएकाले पनि यो रोग विरुद्धको औषधी खानुपर्ने फोकल पर्सन चौंलागाईले सुझाव दिनुभयो ।

यो औषधी खाली पेटमा खान नहुने खाना खाइसकेपछी भने खान मिल्ने, २ वर्ष नपुगेका बालबालिकाहरु, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीहरु, छारेरोगी, मुटुरोगी, मृगौला, जन्डिस र कलेजोका दीर्घरोगीहरु बाहेक अरु सबैले यो औषधी सेवन गर्नसक्दछन् । शरिरमा हात्तीपाइले रोगको परजिवी भएका व्यक्तिहरुमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछी सामान्य खालको टाउको दुखाई हुने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्ने भएकोले यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नुपर्दछ । ति लक्षणहरु केहि घण्टा भित्रमा आफैं हराएर जाने वा केहि गरि ति लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्यमा संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्दा केहि पनि नहुने जनाइएको छ ।

हात्तीपाइले रोग लाग्न नदिन सुत्ने बेलामा सधैँ झुलको प्रयोग गर्ने, आफ्नो घर वरिपरि सफा राख्नुपर्ने, घर वरपर भएका पानी जम्ने खाल्डाखुल्डीहरू पुर्ने, बारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाउने अथवा लामखुट्टेले नटोक्ने मल्हम लगाउने, घरभित्र हुँदा लामखुट्टे भगाउने धूपको प्रयोग गर्ने, घरका झ्यालढोकामा लामखुट्टे नछिर्ने मसिनो जाली लगाउने र प्रत्येक वर्ष सञ्चालन हुने औषधि सेवन कार्यक्रममा हात्तीपाइले रोगको औषधि खान सकिन्छ ।

यस्तै, यदि कसैलाई जुनसुकै हाइड्रोसिल छ वा कसैको खुट्टा सुन्निएको छ, हात, छाति या महिलाहरुको यौनाङ्ग सुन्निएको छ भने त्यस अवस्थामा निशुल्क औषधी उपचार गर्ने कार्यक्रम रहेकोले त्यसको लागि मेची अस्पताल भद्रपुर र दमक अस्पताल दमकमा निशुल्क उपचार गर्ने व्यवस्था गरिएको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

२०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने नेपाल सरकारको योजना रहेको छ । आम जनसमुदायमा हात्तीपाइले रोग विरुद्धको औषधी खाँदा विभिन्न असर पर्ने भन्ने खालको डर रहेकाले त्यसलाई हटाउन स्थानीय सरकारले जनचेतना फैलाउने कार्यक्रमहरु गर्न सकिने बताइएको छ । यस्तै, औषधि खान डराएकालाई अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा स्वंयसेविकाहरुले पनि घर-घरमा नै पुगेर औषधि सेवन गर्न लगाउन आग्रह गरिएको छ ।

त्यसअवसरमा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रोहित कुमार शाहले हात्तीपाइले रोग विरुद्धको औषधी खान अहिले पनि नागरिकहरुमा एक प्रकारको गलत भ्रम रहेकाले यो अभियानलाई सफल पार्न आफू जोडका साथ लागि पर्ने बताउनुभएको छ । यस्तै, कार्यपालिका सदस्यले जनचेतना फैलाउने कार्यमा लाग्नुपर्ने, औषधी खुवाउने अभियानमा निगरानी गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुले पनि अझ बढि खट्नुपर्ने जसका लागि जनप्रतिनिधीको पूर्ण साथ र सहयोग रहने बताउनुभयो । कार्यक्रममा गौरादह नगरका उपप्रमुख गीता भेटवाल, जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया