Online Bichar
बिहिबार, कार्तिक ०८, २०८१ | Thursday, October 24, 2024

काठमाडौं, ७ फागुन २०७८ । प्रतिनिसभाको आइतबारको बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) समावेश गरिएको छैन ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीमा एमसीसी समावेश नगरिएको हो । सार्वजनिक कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पेश गर्ने उल्लेख गरिएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले विहान साढे ११ बजे संघीय संसदको शंकर हलमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

सत्तारुढ दलहरूबीच सहमति नजुट्दा शुक्रबार र बुधबारको प्रतिनिसभा बैठकमा पनि एमसीसी प्रस्ताव टेवल हुन सकेको छैन । नेपाली कांग्रेस एमसीसीको पक्षमा हुँदा एकीकृत समाजवादी र माओवादी केन्द्र भने यसको विपक्षमा सडकमा नारा लगाइरहेका छन् ।

शनिबार बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले टेवल गर्न नरोक्ने जनाएको छ । यद्यपि उसले पारित गर्न भने नहुने पक्षमा उभिएको छ । टेवल भएर सांसदहरूबीच पर्याप्त छलफल पछि मात्र एमसीसीलाई निर्णयार्थ पेश गर्नुपर्ने उनीहरूको तर्क छ ।

 

तपाईको प्रतिक्रिया