Online Bichar
बिहिबार, पौष ११, २०८१ | Thursday, December 26, 2024

काठमाडौं, २२ चैत्र । सरकारले कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्कौ बैठकले आवागमनमा थप नियन्त्रण गर्दै लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा नियन्त्रण गरिने बताएका छन्।

कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ। संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ। शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन्।कान्तिपुर

तपाईको प्रतिक्रिया