Online Bichar
शुक्रबार, आश्विन ०४, २०८१ | Friday, September 20, 2024

गौरादह, ८ कार्तिक । गौरादह-२ स्थित सुरज शिक्षा प्रतिष्ठानले आज अभिभावक सँग साँस्कृतिक भेट कार्यक्रम सम्पन्न गरेको छ । सुरज शिक्षा प्रतिष्ठान त्रिभद्र सदनको आयोजनामा गरिएको कार्यक्रममा सोहि प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी भाइबहिनिहरुले कविता वाचन, नृत्य प्रस्तुत गरेका थिए ।

विद्यार्थी भाइबहिनिहरुलाई आफ्नो संस्कृति जगेर्ना गराउने उद्देश्य का साथै उनिहरुमा भएको प्रतिभा उजागर गर्न सो कार्यक्रमको आयोजना गरिएको सुरज शिक्षा प्रतिष्ठानका संस्थापक भोजराज दाहालले जानकारी दिए । त्यसअवसरमा विद्यार्थी भाइबहिनिहरुले नृत्य प्रस्तुति गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तैगरि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा विद्यार्थी भाइबहिनिहरुले उनका कृतिहरु पनि वाचन गरेका थिए । सुरज शिक्षा प्रतिष्ठानका संस्थापक भोजराज दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्की प्रमुख रहेका थिए । सो अवसरमा जागरुक महिला संघकी अध्यक्ष गंगा कार्की, नेपाली काँग्रेस नगर सभापती यादवराज सेढाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया