Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठमाडौं,  ७  असोज  ।  राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष संचालित कक्षा ११ को परीक्षाफल आज बिहान ११ बजेभित्र प्रकाशित गरिने जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मंगलबार १० बजे बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भएको जानकारी दिनुभयो । बिध्यार्थीले भने १२ बजे परीक्षाफल हेर्न सक्नेछन् ।

बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गर्न लागेको हो ।

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया