गौरादह, ४ भदौ । पत्रकार रवि लामिछानेको समर्थनमा आज गौरादहमा शान्तिपूर्ण ¥याली निकालिएको छ । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई प्रहरी हिरासतमा लिइएको विरोधमा गौरादहमा स्वस्फुर्त रुपमा युवाहरुले ¥याली निकालेका हुन् ।
न्यायप्रेमी जनताको आयोजनामा निकालिएको ¥यालीमा सहभागी सर्वसाधारणहरुले सञ्चारकर्मी रवि लामिछानेको रिहाई सँगै मृतक सालिकराम पुडासैनीको न्यायको माग गर्दै आज साँझ प्रदर्शन गरेका हुन् । सहभागीहरुले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य गरिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेका थिए ।
¥यालीमा सहभागीहरुले “चितवन घट्नाको निष्पक्ष छानबिन गर, पत्रकार रवि लामिछानेलाई रिहा गर” लगायतका नारा लगाएका थिए । ¥याली गौरादह बजार बाट शुरु भएर डिपु चोकमा आएर कोण सभामा परिणत भएको थियो ।